नलगाड नगरपालीकामा २० लाख बरावरको सामान सहित फिजियोथेरापी संञ्चालन

२०८० पौष २४ मंगलबार २१:४०:०० मा प्रकाशित

अपाङ्गता भएका महिला तथा बालबालिका र संकटासन्न व्यक्तिहरुको शारीरिक पुर्नस्थापना तथा आर्थिक समावेशिता सेवामा पहुँच वृद्धि (AC–6) परियोजना अन्तरर्गत प्राथमिक अस्पतालमा फिजियोथेरापी संचालनमा आएको छ । 
पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट र ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशनको साझेदारिमा १९ लाख १२ हजार बराबरको प्राथमिक अस्पतालमा फिजियोथेरापीको सामाग्री हस्तान्तरण गरिएको छ ।
अपांगता भएका महिला तथा बालबालिका र संकटासन्न व्यक्तिहरुको शारीरिक पुन स्थापनाका लागि फिजियोथेरापिको सेवा सञ्चालन गर्न नलगाड नगरपालिका, ह्याण्डीक्याप इन्टरनेशनल फेडेरेसन  र पाँचतारा युवा संरक्षक मञ्च बिच गत साउन ३ गते सम्झौता भएको थियो । 
नगरपालिकामा पौष २३ सोमबार फिजियोका लागि आवश्यक सम्पुर्ण सामग्री  पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष छवि पन्त र नगर प्रमुख डम्बर बहादुर रावल मार्फत अपस्ताललाई  हस्तान्तरण गर्नु भएको थियो ।  
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराई स्वास्थ्य शाखा प्रमुख तप्त चुनारा अस्पताल प्रमुख राजेश सिँह, ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशनका प्राविधिक अधिकृत प्रज्वल गिरी लगायतको टोलीले फिजियोथेरापी कक्षको अनुगमन तथा निरिक्षण गर्नुभएको थियो । 
अनुगमनका क्रममा फिजियोथेरापिष्ट प्रिमान गुरूङले आवश्यक सेवा संचालन गर्न कार्यालय तथा सेवा संचालनका लागी आवश्य घर र कोठा अभावका कारण सबै सेवा दिन नसके पनि आधारभुत सेवा मात्रै संचालन गर्न सकिने र फिजियोको लागि उपयुक्त घर कोठा अभाव कारण फिजियोथेरापीका लागी बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता भएकोले सरोकारवाला निकायलाई आवश्यक सहयोगका लागी अनुरोध गर्नु भयो । 
नगर प्रमुख डम्बर बहादुर रावतले नगरबासीहरूले फिजियोथेरापी सेवा लिन नेपालगन्ज जानु पर्ने अवस्थाको अन्तका लागी नगरपालिकाले स्रोत साधन पुगे सम्म योजना बनाए कार्यन्वय गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
 यो सेवाले बारेकोट गाउँपालिका र आठबिस नगरपालिका रुकुम पश्चिमका जनताले पनि सेवा लिने परियोजना संयोजक गगन खड्काले जानकारी दिनुभयो ।