सुनसरीको चतराबाट गाँजासहित एम्बुलेन्स नियन्त्रणमा

२०८० फाल्गुण १३ आइतबार १२:४८:०० मा प्रकाशित

काठमाण्डौ ।  सुनसरीको् बराहक्षेत्र नगरपालिका–१ चतराबाट सशस्त्र प्रहरीले गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ । चतराबाट सूर्यकुण्ड जाने भित्री सडकखण्डमा शंकास्पद अवस्थामा रोकीराखेको को १ च २९३७ नम्बरको एम्बुलेन्सभित्र ९ वटा पोकामा २ सय ७३ किलोभन्दा धेरै गाँजा रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

गाँजा र एम्बुलेन्स सुरक्षा बेश चतराले नियन्त्रणमा लिएको हो । बरामद गाँजा तथा एम्बुलेन्स आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर पठाइएको छ ।