कार्यदलमा जुटेन सहमति, कांग्रेसको नयाँ प्रस्ताव

२०८१ जेठ ११ शुक्रबार १२:१३:०० मा प्रकाशित

काठमाडौँ । संसदीय छानविन समितिको कार्यादेश (टिओआर) टुङ्ग्याउन बसेको कार्यदल बैठकमा नेपाली कांग्रेस केही लचक बनेको छ । यद्यपि कार्यदलमा टिओआर के बनाउने विषयमा सहमति जुटिनसकेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

उनले छलफल जारी रहेकाले केही समयपछि पुन नेताहरुसँग छलफल गरेर बैठक बस्ने बताए । उनकाअनुसार  नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री जोडिएका सहकारीको नाम उल्लेख गर्नेगरी टिओआर बनाउन नयाँ प्रस्ताव ल्याएको छ । 

‘कांग्रेसका तर्फबाट नयाँ प्रस्ताव आयो तर छलफल जारी नै छ टुंगिएको छैन । गृहमन्त्रीको नाम नराख्ने हो भने उहाँ जोडिएका संस्थाकाे नाम राखेर जाऔँ भन्ने रह्याे । त्यसैले हामीले छलफललाई निरन्तरता दिने कुरा गरेका हौँ । पुनः छलफलका लागि केही समयपछि बस्छौ । त्यस्तै पर्दा संसद् भवनमा पनि बस्छौ ’, बर्तौलाको भनाइ छ ।