जाजरकाेटमा पहिरोमा परि एक बालकको मृत्यु

२०८१ असार १८ सोमबार ०८:५४:०० मा प्रकाशित

जाजरकाेट। जाजरकोटमा पहिरोले पुरिएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका–५ इबरका रमेश बिकका ५ वर्षीय छोरा प्रिन्स बिकको रहेका छन् । गए राति परेको अविरल बर्षातका कारण घरमाथीबाट आएको पहिरोले घर पुरिदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख (डिएसपी) पुरुषोक्तम प्रसाद पाण्डेले जान्कारी दिनु भयाे ।